खेलकूद महासङ्घको अध्यक्षमा पौडेल

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । ‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित आज सम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उनलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो ।
भेलाले पुनः गठन गरेको ५५१ सदस्यीय केन्द्रीय कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, प्रभातविक्रम कटवाल, ध्रुव आचार्य, निरेशलासिंह, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, जीतेन्द्र दाहालसहित १२ जना र महासचिवमा मेघराज पौडेललाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै संयोजक पौडेलले पूर्वाध्यक्ष पुरुषोत्तम पौडेल राजनीति र खेलकूदको मूल मार्गबाट विचलित भई गुटबन्दीमा सक्रिय भएकाले भेलाले कारवाही गरेको बताए ।

















प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी
काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया