आइतबार, पुष ६, २०८२

आज सुनको मूल्य बढ्यो, तोलाको कति?

मेरोन्यूज २०८१ कार्तिक ३० गते ११:४५

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी मूल्य भने घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया