आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।
नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो ।
बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, “पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।” आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।
नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताए ।
महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उनले भने, “अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन् ।”
आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उनले भने, “नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।”
भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासङ्घका अध्यक्ष घिमिरेको भनाइ छ । आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया