सेयर बजारमा भारी गिरावट, काराेबार रकम साढे १० अर्ब

काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले घटेको छ ।
आज नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ को विन्दुमा झरेको हो ।
मंगलबार २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।आज दिनभरिमा ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।














इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया