ठूला स्टारका बावजुद फ्लप हुन लागेको हो ‘सिंघम अगेन’ ?

काठमाडौं । रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ ले ठूला स्टार र ठूलो बजेटको बावजुद बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।
अजय देवगन, रणवीर सिंह, दीपिका पादुकोण, अक्षय कुमार र करीना कपुर खान जस्ता ठूला कलाकार अभिनित यो फिल्मले दर्शकहरूको राम्रो साथ पाउन सकेन।
रिपोर्टका अनुसार फिल्मले पहिलो साता १७३ करोड भारु कमाएको थियो, जुन फिल्मको बजेट र स्टार कास्टलाई हेर्दा कम थियो।
दोस्रो साता फिल्मले राम्राे व्यापार गर्ने अनुमान गरिएको थियो । तर यो साता फिल्मको कमाई झन घटेर ४७.५ करोडमा सिमित हुन पुग्यो।
रिपोर्टका अनुसार चलचित्रले चौथो आइतबार १ करोड ७२ लाखको व्यापार गरेको छ ।
फिल्मको बजेट करिब ३४० करोड भारुको रहेको बताइएको छ ।
१ नभेम्बरमा रिलिज भएकाे फिल्मको अहिलेसम्मकाे कुल कलेक्सन २४०.१७ करोड भारु पुगेको छ । यसरी हेर्दा फिल्मलाई आफ्नाे बजेट सुरक्षित गर्नै निकै संघर्ष गर्नु परिरहेकाे देखिन्छ ।
ठूला स्टारको लोकप्रियताले मात्र दर्शकलाई हलमा तान्न नसकिने ‘सिंघम अगेन’ ले देखाएकाे छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया