सीजी मोटर्सले बागडोल, ललितपुरमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर बाट सेवा शुभारम्भ

काठमाडौं । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।
यो काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेको सीजी मोटर्सले जनाएको छ ।
उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरे । उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो ।
२२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको जनाएको छ ।
साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ । हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र थप १००+ स्थान मा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ ।
नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिलाई सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीले “सीजी केयर्स सेवा” पनि सुरू गरेको छ, जसअन्तर्गत +९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४/७ सडक सहायता उपलब्ध गराइनेछ । अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया