३९ अंकले बढ्याे सेयर बजार, काराेबार रकम ९ अर्ब ३१ करोड

काठमाडौं। बुधबार पनि सेयर बजार बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३९ दशलमव ७० अंकले बढेर २,७५६ को विन्दुमा कायम भएको हो ।
बुधबार २०० कम्पनीको मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडमाथिको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु, सर्पोट लघुवित्त लगायत ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।














इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया