शनिबार, फागुन ३०, २०८२

मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला

मेरोन्यूज २०८१ मंसिर १४ गते २०:५४

मोरङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धनको सरकार गठन भएकाले यसको विकल्प नहरेको बताए।

नेता कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गरे।

नेता कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।

प्रतिक्रिया