‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं। एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात पारेको हो ।
अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो । नेपालमा फोटोन ईभीको बिक्री मार्फत दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेवापत यो अगार्ड प्रदान गरिएको हो ।
यसैगरी, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्तलाई एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्रदान गरिएको थियो । यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्ने कम्पनीले जनाएको छ ।
अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए । प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यी अबार्डले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई जोड दिने विश्वास लिइएको छ ।
नेपालमा ‘इनर्जी–इफिसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई अवार्डले थप पुष्टि गरेको कम्पनी भनाई छ । फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको जनाइएको छ । यी अवार्डले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिने बताइएको छ ।














श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया