भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई ओमानद्वारा प्रतिबन्ध

काठमाडौं । ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिबन्ध आउँदो शनिवारदेखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन ।
यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ । भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ ‘भेरिएन्ट’ फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने यात्रुलाई रोक लगाएको हो ।
भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । यस्तै यही अवधिमा भारतमा कोरोनाका कारण दुई हजारभन्दा धेरैको ज्यान गएको छ ।

















PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया