सिरीजङ्घा गाउँपालिका-३ मा एमालेकी सावादेन विजयी

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पार्दै सावदेन विजयी भएकी हुन् ।
कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् । उनलाई पराजित गरेका बोखिम रोजगारीका लागि हङकङ गएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
काँग्रेसबाट लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए ।
लिम्बुवानका राजेन्द्रले ५४ मत प्राप्त गर्दा रास्वपाका देवीले ७ मत पाएका छन् भने ९ मत बदर भएको छ ।











केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया