सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

काठमाडाैं । सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।
कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।
सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।
टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ । टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।
सिजी मोटर्स प्रालि, नेपालमा केवाईसी , किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी , स्मार्ट , र अवतार आधिकारिक वितरक हो । कम्पनीले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया