सोमबार, वैशाख ८, २०८२

मेरो बिहेको खबरले आफैं चकित छु : पल शाह

मेरोन्यूज २०८१ मंसिर २१ गते १४:११

काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा खबरहरु आइरहेका छन् ।

यस्तो खबर सार्वजनिक भएपछि पललाई बधाईको ओइरो आउन थालेको छ ।

विवाहको हल्ला फैलिएपछि पलले प्रष्टीकरण दिएका छन् । उनले आफ्नो विवाहको खबरले आफैं चकित परेको बताएका छन् ।

पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया