एनपीएल : शनिबारको पहिलो खेलमा पोखरासँग भिड्दै काठमाडौं
मेरोन्यूज
२०८१ मंसिर २९ गते ६:४४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरकोसमेत चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।
प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अंकसहित तेस्रो स्थानमा छ भने ६ अंक जोडेको चितवन चौथो स्थानमा छ।
एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।
सम्बन्धित









मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया