ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न

काठमाडौँ। प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न भएको छ।
काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो।
विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा आठ जना डिजाइनले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए।
प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
उनले भने, ‘नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ। चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ।’
फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए। अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदिप खड्का,¥यापर साकारलगायत कलाकारले प्रस्तुति दिएका थिए।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया