शुक्रबार, वैशाख १९, २०८२

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द

मेरोन्यूज २०८१ पुष ९ गते १३:४१

काठमाडौँ । नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एउटामात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ ।

दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ । आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको जनाइएको छ । केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने नेपाल एयरलाइन्सले जानकारी गराएको छ ।

प्रतिक्रिया