करिब १०७ किलो गाँजासहित दुई जना पक्राउ
मेरोन्यूज
२०८१ पुष १० गते १७:१२

सुनसरी। करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले देवानगंजबाट घुस्किहाटतर्फ जाँदै गरेको को.१ ह २२६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ४ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक आलम र सहचालक मन्जुललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया