रवि लामिछानेको बयान सकियो
मेरोन्यूज
२०८१ पुष १२ गते १७:०६

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।
सहकारी ठगी प्रकरणमा अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया