आइएमईद्वारा रोकायालाई एक करोडको चेक
मेरोन्यूज
२०८१ पुष १३ गते २०:०६

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले उनको घरमै पुगेर चेक हस्तान्तरण गरेको छ ।
जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिवार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तानान्तर गर्दै ढकालले विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यमसँगै वैदेशिक रोजगारीमा रहेकाहरूको सपना पूरा गर्ने माध्यम आइएमई बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
चेक बुझदै गर्दा रोकायाले आफ्ना बाबु आमाका लागि घर बनाउने सपना रहेको पनि जानकारी दिइन् ।
सम्बन्धित















मन्त्रिपरिषद् बैठक जारी
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया