सोमबार, वैशाख ८, २०८२

करिब १५५ किलो गाँजासहित मोरङबाट २ जना पक्राउ

मेरोन्यूज २०८१ पुष १७ गते १५:४९

काठमाडौं । करिब १ सय ३३ किलो गाँजासहित प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको जहदा गाउँपालिका-१ धुनीबस्तीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका(६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९५८२ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक राहुल र स्कारपियोमा सवार सुरजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया