विनयी पुल भासियो, पूर्व-पश्चिमको आवागमन ठप्प

नवलपरासी ।पूर्वी नवलपरासीको दम्किबास स्थित विनयी खोलाको पुल शुक्रबार भासिएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गकाे पुल भासिए पछि सम्पूर्ण आवत जावत बेलुका ५ बजेबाट ठप्प भएको छ ।
मुख्य सडक मार्गको पुल एकाएक भासिए पछि डाइभर्सन बनाई यातायात सुचारु गर्ने प्रयास भई रहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।
दम्किबास बजार पूर्वकाे विनयी खोलाको लामाे फलामे पुल भासिदा बीचबाटै भाचिएकाेले एउटा सवारी पुलमै फसेका छन् ।
झन्डै ५० वर्ष पुरानो पुल जीर्ण भई सकेकाे र अत्यधिक लाेड बाेकेका मालबाहक सवारीकाे चाप पर्न गई पुल ठाउँ ठाउमा भाचिएकाे स्थानीयहरू बताउँछन् ।
विगत केही दिन देखि चलेको शितलहरका कारण दाउन्ने खण्डमा सडक चिप्लो हुन गई सवारी जाम लागेकोमा झन् पुलै भासिदा यात्रुहरू मर्कामा परेका छन् ।
यहाँ बाटो चिप्लो र हिलाम्मे हुँदा बिहीबार बुटवल नारायणगढ खण्डकाे दाउन्ने आसपास झन्डै २५ किलोमिटर सम्म सवारी लाम लागेकाे स्थानीयले बताए ।









जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया