पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना
मेरोन्यूज
२०८१ पुष २७ गते ९:२२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्दै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
“राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, उनले ट्वीटर पेजमा लेखेकी छन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया