निभिक्स फार्मास्युटिकल्सले आइपीओ जारी गर्ने

काठमाडौँ । तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपीओ जारी गर्ने निर्णय गरेको छ। पोखरामा शनिबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले आइपीओमा जाने औपचारिक निर्णय गरेको हो।
प्राइभेट लिमिटेडको रूपमा सञ्चालनमा आएको कम्पनीलाई ७ वर्षपछि, यही पुषदेखि पब्लिक लिमिटेडमा रुपान्तरण गरिएको थियो। मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटका रोगहरूसम्बन्धी झन्डै दुई दर्जन औषधि बजारमा उपलब्ध छन् भने थप दुई दर्जन उत्पादनको तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बनियाले बताए।
हाल कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ५५ करोड रुपैयाँ तथा चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ। बाँकी लगानीका लागि चालु आर्थिक वर्षभित्र सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। साथै, उक्त आइपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ड बैंकिङ लिमिटेड (NSMBL) लाई इस्यु म्यानेजर नियुक्त गरेको छ।















उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया