राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको लागि २४ गते उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ वैशाख १२ गते १८:२२

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने बताएको छ ।
वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी २७ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्णय गर्ने जानकारी दिएको छ । त्यस्तै २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।
सम्बन्धित
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलरको मुल्य घट्यो
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया