प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ लगातार विजयी

फाप्ला (कैलाली) । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।
आज भएको दोस्रो खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो ।
जितसँगै एपिएफ दुई खेलबाट चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।
धनगढीस्थित फाप्ला मैदानमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥र्यो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाइन् । यस्तै ममता चौधरी १८ र रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो । खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो । गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन् । यस्तै रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोडिन् । बलिङतर्फ एपिएफकी बिनु बूढामगरले दुई विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् ।
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया