प्राप्त उपलब्धिको रक्षा गर्न सबैले आवाज उठाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्।
चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशिता र सङ्घीयताको संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए। सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो ।
“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन”, अध्यक्ष दाहालले भने । सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको उहाँको आरोप थियो । संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न अध्यक्ष दाहालले सरकारसँग आग्रह गरे।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने अध्यक्ष दाहालले बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले आ–आफ्नो धारणा राखेको थियो ।
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया