काेराेनाले आक्रान्त भारतलाई सहयाेग गर्ने पाकिस्तानकाे इच्छा

इस्लामावाद । कोरोना भाइरसको दोस्रो लहरमा महामारीका कारण अति प्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानको विदेश मन्त्रालय आइतबार एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो ।
“महामारीको यो सङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ ।” पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, “पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।”
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भनेका छन्, “छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ ।” यसैगरी युरोपेली संघ र अमेरिकाले पनि भारतमा देखिएको महामारीलाई कम गर्न आवश्यक सहयोग गर्न उनीहरू तयार रहेको आइतबार बताएका छन् ।
कोरोना भाइरसको महामारी विश्वकै सङ्कट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जुध्नु पर्छ । यसैबिच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामारी तीव्र रुपमा बढिरहेको र त्यो अति चिन्ताको विषय रहेको बताएको थियो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा कोभिड–१९ बाट दुई हजार ७६७ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ व्यक्तिको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया