सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन् ।
उनले शनिबार मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् । उनले लेखेका छन्- ‘सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’
उनकाे याे पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ । यसले कयाैंकाे मनमा कौतुहलता जगाएकाे छ भने कतिपयले उनले सन्यास लिने संकेत दिएकाे भन्दै टिका टिप्पणी गरेका छन् ।
२४ वर्षीय सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् ।
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया