इजरायलले सार्वजनिक गर्यो हमासले रिहा गर्नुपर्ने ३३ बन्धकको सूची, पहिलो चरणमा परेनन् विपिन
मेरोन्यूज
२०८१ माघ ६ गते १६:२८

काठमाडौं । हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।
इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको हाे ।
यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश रहेकाे बीबीसीले जनाएकाे छ ।
जसअनुसार सबैभन्दा पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन् भने कान्छा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन् ।
हमासले युद्धविराम सम्झौता अन्तर्गत ३ जना इजरायली बन्धकको नाम सार्वजनिक गरेसँगै इजरायलले आफ्ना थप ३३ जना नागरिकको नाम सार्वजनिक गरेको हो ।
इजरायलले सार्वजनिक गरेको पहिलो चरणकाे यो सूचीमा नेपालका विपिन जोशीको नाम भने छैन ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया