अभिनय छाडेर अटो रिक्सा चलाउन चाहन्थे अमिताभ बच्चन

काठमाडौं। ‘कौन बनेगा करोडपति’ शाे होस्ट गरिरहेका अभिनेता अमिताभ बच्चनले आफ्नो फिल्मी करियरका सुरुवाती दिनहरुबारे खुलासा गरेका छन् ।
एक एपिसोडकाे क्रममा अमिताभले आफ्ना फिल्महरु लगातार फ्लप हुँदै गएपछि निराश भइ अभिनय छोडेर अटो रिक्सा चलाउने सोच बनाएको बताए ।
उनले भने, ‘मैले दुई–तीनवटा फिल्ममा काम गरेको थिएँ, तर चलेनन्, जसका कारण म निराश भएँ । मुम्बई आउनुअघि मैले कोलकातामा काम गरें, जहाँ मलाई मासिक ४००-५०० रुपैयाँ मात्रै मिल्थ्यो। तर जब म मुम्बई आएँ, मैले कुनै पनि हालतमा सफलता हासिल गर्नुपर्छ भन्ने संकल्प लिएँ। फिल्ममा काम नपाए ट्याक्सी चलाउने सोच बनाएको थिएँ र त्यसका लागि ड्राइभिङ लाइसेन्स पनि लिएको थिएँ ।’
अमिताभ बच्चनले थपे, ‘राजेश खन्ना त्यतिबेला सबैभन्दा ठूलो सुपरस्टार थिए । उनको यति ठूलो फ्यान फलोइङ थियो कि उनी आउँदा महिलाहरूले उनको गाडीको पाङ्ग्राबाट माटो उठाएर आफ्नो निधारमा लगाउँथे। त्यसबेला म केही थिएन, तर सलिम-जावेदले मलाई भेटेर फिल्म ‘जंजीर’मा अभिनयका लागि अफर गरे। मैले यो भूमिका पाउँछु भन्ने सोचेकाे पनि थिइनँ।’
जावेदले फिल्म जंजीरको अफर गरेपछि आफ्नो जीवन फेरिएको अभिनेताले सम्झिए । ११ मे १९७३ मा रिलिज भएको फिल्म ‘जंजीर’ले ४ वर्षको संघर्षपछि अमिताभलाई स्टारडमको स्वाद दिलाएको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया