अभिनय छाडेर अटो रिक्सा चलाउन चाहन्थे अमिताभ बच्चन

काठमाडौं। ‘कौन बनेगा करोडपति’ शाे होस्ट गरिरहेका अभिनेता अमिताभ बच्चनले आफ्नो फिल्मी करियरका सुरुवाती दिनहरुबारे खुलासा गरेका छन् ।
एक एपिसोडकाे क्रममा अमिताभले आफ्ना फिल्महरु लगातार फ्लप हुँदै गएपछि निराश भइ अभिनय छोडेर अटो रिक्सा चलाउने सोच बनाएको बताए ।
उनले भने, ‘मैले दुई–तीनवटा फिल्ममा काम गरेको थिएँ, तर चलेनन्, जसका कारण म निराश भएँ । मुम्बई आउनुअघि मैले कोलकातामा काम गरें, जहाँ मलाई मासिक ४००-५०० रुपैयाँ मात्रै मिल्थ्यो। तर जब म मुम्बई आएँ, मैले कुनै पनि हालतमा सफलता हासिल गर्नुपर्छ भन्ने संकल्प लिएँ। फिल्ममा काम नपाए ट्याक्सी चलाउने सोच बनाएको थिएँ र त्यसका लागि ड्राइभिङ लाइसेन्स पनि लिएको थिएँ ।’
अमिताभ बच्चनले थपे, ‘राजेश खन्ना त्यतिबेला सबैभन्दा ठूलो सुपरस्टार थिए । उनको यति ठूलो फ्यान फलोइङ थियो कि उनी आउँदा महिलाहरूले उनको गाडीको पाङ्ग्राबाट माटो उठाएर आफ्नो निधारमा लगाउँथे। त्यसबेला म केही थिएन, तर सलिम-जावेदले मलाई भेटेर फिल्म ‘जंजीर’मा अभिनयका लागि अफर गरे। मैले यो भूमिका पाउँछु भन्ने सोचेकाे पनि थिइनँ।’
जावेदले फिल्म जंजीरको अफर गरेपछि आफ्नो जीवन फेरिएको अभिनेताले सम्झिए । ११ मे १९७३ मा रिलिज भएको फिल्म ‘जंजीर’ले ४ वर्षको संघर्षपछि अमिताभलाई स्टारडमको स्वाद दिलाएको थियो ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया