चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।
कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको महांकाल गाउँपालिका-४ बागभैरव बस्ने ३७ वर्षीय मनुराज वाइवा सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका-३ बाबरे बस्ने ८४ वर्षीया लिला कुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
झापाको मेचीनगर नगरपालिका-७ पाथिभरा टोल बस्ने ४६ वर्षीय जीवन राज पाण्डे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंको गोकर्णेश्वकर नगरपालिका-४ गोकर्णस्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया