प्रहरीका १८ एसएसपीको सरुवा, काठमाडौं प्रहरी प्रमुखमा अधिकारी (सूची)
मेरोन्यूज
२०८१ माघ १२ गते १२:५३

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारीलाई तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् ।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।
यस्तै गृह मन्त्रालयले १७ जना एसपीको सरुवा गर्नुका साथै ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।
सरुवा भएका एसएसपीको सूची



सम्बन्धित
















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया