तेस्रो खेलमा इंग्ल्याण्डसँग भारत २६ रनले पराजित

काठमाडौं । इंग्ल्याण्डले भारतसँगको तेस्रो टी-२० मा सफलता पाएको छ। यो जितसँगै भारत र इंग्ल्याण्डको शृङ्खला रोमाञ्चक बनेको छ।
५ खेलको शृङ्खलामा घरेलु टोली भारत २-१ ले अघि छ। मंगलबार भएको खेलमा इंग्ल्याण्डले भारतलाई २६ रनले हराएपछि शृङ्खला रोचक बनेको हो।मंगलबार साँझ इंग्ल्याण्डले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारत ९ विकेट गुमाउँदै १४५ रनमा सीमित भएको हो।
भारतका हार्दिक पाण्डेले ४० तथा अभिषेक शर्माले १४ बलमा २४ रन प्रहार गर्नुबाहेक अन्य कोही पनि प्रभावकारी हुन सकेनन्।इंग्ल्याण्डका जेम ओभरटनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। किफायती रसिदले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चर र ब्रायडन कर्सले समान दुईदुई विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। इंग्ल्याण्डका डेन बकेटले २८ बलमा ५१ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे।
यसैगरी, लियाम लिभिङ स्टोनले २४ बलमा ४३ रन जोडे। उनको पारीमा १ चौका र ६ छक्का समावेश थियो।
भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए भने हार्दिक पाण्डेले २ विकेट लिए। चक्रवर्ती सो खेलको म्यान अफ द म्याच बने।
















१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया