बेलायतका राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन् । एडवार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरु दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजकुमार परिवार ६ दिने दक्षिणी यसियाली मुलुक भ्रमणमा निस्किएका हुन् । उनीहरुको सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।
भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।
भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको गृह स्रोतले जानकारी दिएको छ ।














श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया