बाराबाट तस्करीको आशंकामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८१ माघ २२ गते ११:५०

काठमाडौं। तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए।
ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए।
सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया