सुदुरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित

कैलाली। सुदूरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
जसअनुसार विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।
प्रदेश सभाका ४ वटा समितिको सभापतिमा सत्तारूढ कांग्रेस, एमाले, नाउपा तथा प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका थिए। जसअनुसार प्रत्येक समितिमा १ जनाको मात्र उम्मेदवारी परेको थियो ।
जसअनुसार आइतबार चारै सभापतिलाई निर्वाचित घोषणा गरिएको र उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया