काठमाडौँ महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले छात्राबासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने जनाएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्राबास व्यवस्थापनका लागि अनुगमन गरिने बताएकी हुन् ।
छात्राबासलाई व्यवस्थित बनाउन जारी गरिएको ‘छात्राबास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था कार्यान्वयनमा ल्याउन कामपा शिक्षा विभागले अनुगमन गर्ने उनले बताइन् ।
मापदण्डले कामपाभित्र छात्राबास सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
छात्राबासभित्र हुनुपर्ने न्युनतम पूर्वाधारअन्तर्गत शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध गरिनुपर्ने भनिएको छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्ने र पर्याप्त प्रकाश छिर्ने, हावा दोहोरो चल्ने हुनुपर्नेलगायत उल्लेख छ ।
कामपाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्ने, बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्ने व्यवस्थामा भनिएको छ । असम्बन्धित व्यक्तिभित्र आउन दिन नहुने, कोठाभित्र मदिराजन्य, लागुपदार्थ, सुर्तिजन्य पदार्थ ओसारपसार, बिक्रीवितरण र प्रयोग गर्न नपाइने भनिएको छ । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले उमेर ३० वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया