रासस पत्रकारिता पुरस्कार गिरी र भट्टराईलाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार २०८१’ रासस केन्द्रीय कार्यालयका नेपाली समाचार सम्पादक विक्रम गिरी र फोटाेशाखाका सम्पादक किरण भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासङ्घ प्रतिष्ठान शाखाको आज बसेको बैठकले उनीहरुलाई पुस्कार प्रदान गर्ने निर्णय गरेको प्रष्ठिानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील गिरी नेपाल पत्रकार महासङ्घ दार्चुला शाखाका संस्थापक अध्यक्ष पनि हुन् । भट्टराई विगत दुई दशकदेखि पत्रकारितामा आबद्ध छन् ।
यसैगरी, ‘उमाकान्त–गीतादेवी–स्मृति पुरस्कार’ राससको दाङस्थित जिल्ला समाचारदाता सुशीला ओलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कारको राशि रु पाँच हजार रहेको छ । लुम्बिनी प्रदेश कार्यालय दाङका उपसमाचारदाता नारायणी रजौरेले आफ्ना, माता, पिता र भाइको सम्झनामा २०६६ फागुन ७ गते पुरस्कार स्थापना गरेको हो ।
त्यसैगरी प्रतिष्ठान शाखाले तीन दशकभन्दा धेरै समय राससको सेवामा संलग्न पूर्वमहाप्रबन्धक रामकुमार कोइरालालाई पूर्वकर्मचारीका तर्फबाट प्रदान गरिने ‘रासस सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरिएको छ ।
कोइरालालाई कदरपत्र र दोसल्लासहित सम्मान गरिनेछ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते ती पुरस्कार प्रदान गरिनेछ ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया