आइतबार, चैत १, २०८२

३०० विपन्न परिवारलाई कम्बल वितरण

मेरोन्यूज २०८१ फागुन ६ गते १३:१६

कञ्चनपुर । यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले ३०७ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई कम्बल वितरण गरेको हो । वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिए। वडा कार्यालयमै पुगेर कम्बल वितरण गरिएको नगर उपप्रमुख पन्तले बताए । “चिसोबाट जोगाउन कम्बलले सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने, “यस वर्ष कम्बल वितरण ढिलो भए पनि अर्को वर्षदेखि समयमै न्यानो कपडा वितरण गर्नेछौँ ।”

नगरपालिकाले प्रत्येक वर्ष दातृ निकायको सहयोग र नगरपालिकाको स्रोत परिचालन गरी विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, कम्बल, ह्विलचेयरलगायतका सहायक सामग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया