प्रकृति लम्साल मृत्यु प्रकरणले तात्यो संसद्, सत्य तथ्य छानबिनको माग

काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ।
शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रकृति लम्सालको घटनाले नेपाल र नेपालीको शिर निहुरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रकृति लम्सालको घटनाले स्तब्ध भएको बताए। उनले यो घटनामा परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्टाटस र गृहमन्त्री रमेश लेखकको जवाफ आए पनि यो विषयले नेपालको स्वाभिमान गुमेको बताए । ‘४० किमि टाढा लगेर नेपाली विद्यार्थीलाई छाडियो । मोबाइल लुटियो । नेपालको स्वाभिमानमाथि प्रश्न गरियो । सरकारले के भूमिका खेल्यो ?’ उनले भने ।
रास्वपा सांसद शिशिर खनालले प्रकृति लम्सालको घटनामा न्याय नमिलेसम्म लाग्न सरकारलाई आग्रह गरे । उनले यो घटनापछि नेपालको विश्वविद्यालय बलियो बनाउनुपर्ने ज्ञान सरकारलाई आओस् भन्ने विचार व्यक्त गरे ।
सांसद शान्ति विकले प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराए । ‘नेपाली विद्यार्थीको सुरक्षाबारे नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।
राप्रपा सांसद विना लामाले भारतको किट विश्वविद्यालयमा अध्ययरत प्रकृति लम्सालको मृत्युको सत्य तथ्य छानबिन गर्न माग गरिन् । नेपाली विद्यार्थीहरुको दमनबारे भारतसँग छलफल गर्नुपर्ने माग गरिन् ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया