प्रकृति लम्साल मृत्यु प्रकरणले तात्यो संसद्, सत्य तथ्य छानबिनको माग

काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ।
शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रकृति लम्सालको घटनाले नेपाल र नेपालीको शिर निहुरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रकृति लम्सालको घटनाले स्तब्ध भएको बताए। उनले यो घटनामा परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्टाटस र गृहमन्त्री रमेश लेखकको जवाफ आए पनि यो विषयले नेपालको स्वाभिमान गुमेको बताए । ‘४० किमि टाढा लगेर नेपाली विद्यार्थीलाई छाडियो । मोबाइल लुटियो । नेपालको स्वाभिमानमाथि प्रश्न गरियो । सरकारले के भूमिका खेल्यो ?’ उनले भने ।
रास्वपा सांसद शिशिर खनालले प्रकृति लम्सालको घटनामा न्याय नमिलेसम्म लाग्न सरकारलाई आग्रह गरे । उनले यो घटनापछि नेपालको विश्वविद्यालय बलियो बनाउनुपर्ने ज्ञान सरकारलाई आओस् भन्ने विचार व्यक्त गरे ।
सांसद शान्ति विकले प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराए । ‘नेपाली विद्यार्थीको सुरक्षाबारे नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।
राप्रपा सांसद विना लामाले भारतको किट विश्वविद्यालयमा अध्ययरत प्रकृति लम्सालको मृत्युको सत्य तथ्य छानबिन गर्न माग गरिन् । नेपाली विद्यार्थीहरुको दमनबारे भारतसँग छलफल गर्नुपर्ने माग गरिन् ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया