काठमाडौंका यी ७ सडक आजबाट एकतर्फी

काठमाडौं । काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई आजबाट एकतर्फी बनाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना जारी गर्दै यातायात आवगमनलाई सहज बनाउन वान-वे बनाइएको जनाएको छ ।
कुन-कुन रुट बन्यो एकतर्फी ?
१) काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने ।
३) हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया