बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
मेरोन्यूज
२०८१ फागुन ८ गते १९:२४

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।
घाइते उनलाई तत्काल कुलेश्वर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
सम्बन्धित










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया