बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
मेरोन्यूज
२०८१ फागुन ८ गते १९:२४

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।
घाइते उनलाई तत्काल कुलेश्वर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया