शुक्रबार, फागुन २९, २०८२

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

मेरोन्यूज २०८१ फागुन १० गते १३:४२

काठमाडौँ । नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आउँदो २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। यसका लागि वाडाले आजदेखि बुकिङ्ग प्रक्रिया खुल्ला गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

पोखरामा पहिलो पटक आयोजना हुन लागेको यस अटो शोको तयारीका लागि नाडाले काठमाडौंमा वाडा अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्युप्मेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरुको प्रदर्शनी हुनेछ।

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले यस शोले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी र उपभोक्तालाई नविनतम् प्रविधिको साक्षात्कार गराउने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यसैक्रममा नाडाले अन्य प्रमुख सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने योजना बनाएको छ।

प्रतिक्रिया