ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा

ललितपुर । राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ ।
किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवर्द्धन गरौँ कृषि कर्मलाई उद्यममा रूपान्तरण गरौँ भन्ने नाराका साथ कृषकद्वारा अग्र्यानिक कृषि उत्पादनलाई उपभोक्तासम्म पुर्याउने अभिप्रायका साथ आजदेखि किसान बजार सञ्चालनमा आएको हो ।
किसान बजार शुभारम्भका अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो स्वच्छ तथा अग्र्यानिक तरकारी र खाद्यान्न बजारीकरण गरी किसानलाई उत्पादनको उचित प्रतिफल दिन उपयुक्त स्थान तयार भएको बताइन् ।
“किसानको सम्मान नभएसम्म देशको समृद्धि हुन सक्दैन, तसर्थ यो अभियानले शुद्ध खाद्यवस्तुको प्रवर्द्धनका साथै किसानको सम्मानका लागि महत्त्वपूर्ण काम गर्नेछ, पर्यावरण र माटो जोगाउनका लागि अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्न यो अभियान फलदायी छ, यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराउँदै उत्पादनमा जोड दिन महत्त्वपूर्ण योगदान दिनेछ”, उनले भनिन् ।
उनले आधुनिकता र वर्तमान शिक्षा प्रणालीले बिर्साउँदै गएको खेतीपातीको अभ्यास र संस्कारलाई निरन्तरता दिँदै कृषि पेसामा लाग्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरिन् । उनले कृषि पेसालाई त्याग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र दुःख गरेर पनि लाभ पाउन नसकेको किसानलाई यो कामबाट अत्यन्तै प्रभावकारी वातावरण तयार गर्ने धारणा राखिन् ।
राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले किसानको पेसालाई सम्मानित बनाउन र उत्पादनको पूर्ण मूल्य प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए । उनले उत्पादनमा आधारित खाद्य सुरक्षा र खाद्य सम्प्रभूताका लागि सहभागितामूलक सुनिश्चितता प्रणालीमार्फत अर्गानिक उत्पादनलाई उपभोक्तासम्म पुर्याउन हर सम्भव प्रयास गर्ने बताए । मेट्रो मार्केट भन्ने बित्तिकै स्वच्छ उत्पादन भन्ने हुनुपर्छ भन्दै उनले यसबाट साँच्चिकै किसानको पहिचान गरी तहगत व्यवस्थापन गरी सामाजिक सुरक्षामा जोड्नसमेत सहयोग हुने बताए ।
किसान बजारको निर्देशक इसानी श्रेष्ठले सहजै पाइने अर्गानिकयुक्त खाद्य सामग्रीको प्रवर्द्धनका साथै स्वास्थ्य तरकारीको बजारीकरण र उपभोक्तासम्म सहज रूपमा पुर्याउन यो अभियान प्रभावकारी हुनेमा विश्वास व्यक्त गरिन् । उनले किसान र उपभोक्ताबीचको दूरीलाई कम गर्दै उत्पादन गरी बजारीकरणमा सहज पहुँच अभिवृद्धिका लागि विषादी नभएको खानालाई प्रेरित गर्न लागिपर्ने जानकारी गराइन् । किसान बजारमा हरेक शनिबार मेला लाग्ने उनले जानकारी गराइन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया