शनिबार, फागुन ३०, २०८२

नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग

मेरोन्यूज २०८१ फागुन १० गते १९:०५

काठमाडौँ । गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् ।  पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको उनले बताएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 

’नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन। हुनेखानेले मात्रै बाँच्न पाउँछन्, हुँदा खानेहरू उपचार नपाएरै मर्नुपर्छ। तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौँ। अरूको दुःख देख्न सक्दैनौ। 

त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौँ। तर पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको छ।

यस्तो घृणित कर्म गर्नेहरूदेखि चैँ साँच्चीकै चित्त दुख्ने रहेछ। यस्ता ठगहरूको कारण वास्तविक पीडितले सहयोग पाउँदैनन्, उनीहरूको बाँच्ने आधार नै रहदैन। कृपया सहयोगीदाताहरू कलाकारिताका नाममा, सामाजिक अभियन्ताका नाममा वा फेमिनिस्टका नाममा चलाउने यस्ता अभियानहरू राम्रोसँग बुझेर मात्रै मन फुकाउनु होला।

यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै ‘फेक’ बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरूलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।’

प्रतिक्रिया