शुक्रबार, फागुन २९, २०८२

पाथीभरा केबलकार विवाद : आइतबार बिहानदेखि ताप्लेजुङमा निषेधाज्ञा

मेरोन्यूज २०८१ फागुन ११ गते ८:१६

काठमाडौं । पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा हुनेछ।अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

सूचना

प्रतिक्रिया