त्रिशुलीमा भेटिएको शव ९ दिनअघि मोटरसाइकल दुर्घटनामा परी हराइरहेका रानाको भएको पुष्टि

चितवन । त्रिशुली नदीमा फेला परेको शव मोटरसाइकल दुर्घटना हराइरहेका रोहित रानाको रहेको पुष्टि भएको छ ।
आईतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो ।
सो शव चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाईकल दुर्घटना भई त्रिशुली नदीमा हराई रहेका रोहित रानाको भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११: ४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया