प्रेम विवाहकाे विषयलाई लिएर पश्चिम नवलपरासीमा दुई समूहबीच झडप, प्रहरीको गाडी जलाइयाे

काठमाडौँ । दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर तनावग्रस्त बनेको छ । दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ ।
झडपमा २० जना घाइते भएका छन् । स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् । ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबीच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ,’ नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने ।
घिमिरेका अनुसार पाँचजना स्थानीय, १२ जना जनपथ र चारजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए । विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सरकारको जवाफ माग गरेका थिए । उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै त्यसको यथार्थ जवाफ माग गरेका हुन् ।










‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया