अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन्- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् ।
यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले यस अघिनै आफुले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन् ।
अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन् ।
थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । अमेरिकामा रहँदा अराजक गतिविधि गर्नेमध्येका एक थापाले केही समय अघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।
















तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया