राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
मेरोन्यूज
२०८१ फागुन १८ गते २०:४४

काठमाडौँ । संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले स्व सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
विसं २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७ नौविसे काभ्रेमा जन्मिएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो । हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध स्व सापकोटा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया